१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक

सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक
अ अ+ अ-

काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो । शुक्रवार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रश्तुत गर्दै केन्द्रिय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताउनु भयो ।

उहाँले एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको बताउनु भयो । विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजश्व उठाएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सडकको डाटा हेर्दाखेरी नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक रहेको देखिन्छ । त्यो सडकमा दर्ता भएका सवारी साधन ६२ लाख ३८ हजार ३०१ सवारी साधन जम्मा दर्ता भएको छ । हाम्रो ट्राफिक प्रहरी जम्मा २ हजार ७७० जना छ । दर्ता भएको सवारी साधनमा ट्राफिकको संख्या हेर्दा अनुपात एउटा ट्राफिकले जम्मा २ हजार २५२ सवारी साधन हेर्नुपर्ने देखिन्छ । घटनाहरु हेर्दा एकदिन भित्र ६५ वटा दुर्घटना हुने गर्छ । ८३ जना घाइते हुन्छ सरदर । एक दिनमा ७ जनाको मृत्यु भएको देखिन्छ सवारी दुर्घटनाबाट । हाम्रो ट्राफिक प्रहरीको सिमित जनशक्तिले पनि जम्मा २४ लाख ३१ हजार ५९३ लाई कारबाही गरिएको छ भने राजश्व १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ जरिवाना गरेर त्यति राजश्व उठाएको छ ।’

प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताएको छ । जसमध्ये सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौँ उपत्यकाका जिल्लाहरुमा दर्ता भएको जनाइएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराध दर्ता भएका छन् । केन्द्रिय प्रहरी प्रवक्ता ढकालकाअनुसार देशभरमा बैंकिङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरु दर्ता भएका छन् । महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरु दर्ता भएको उहाँले बताउनु भयो । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भइ ८ हजार ३४९ निवेदनहरु मिलापत्र भएको छ । जबरजस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दाहरु दर्ता भएको प्रहरीको भनाई छ । महिला तथा बालबालिका सम्बन्धी अपराधहरु सबैभन्दा धेरै मधेस प्रदेशमा दर्ता भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरु दर्ता भएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३० वटा घटना दर्ता भएका छन् । अपहरण तथा जबरजस्तीकरणी, जबरजस्तीकरणी गरी कर्तव्य, मानव बेचविखन तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका अपराधहरु ५ हजार १५० वटा दर्ता भएका छन् । सो प्रकारका घटनाहरु सबैभन्दा धेरै कोशी प्रदेशमा १ हजार ६६ वटा र सबैभन्दा कम गण्डकी प्रदेशमा ३१२ वटा दर्ता भएको प्रहरीले बताएको छ । त्यसैगरी लागुऔषधको ४ हजार २८४ वटा मुद्दा दर्ता भई ६ हजार ५०८ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीले विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत घटाइएका २१२ वटा विद्युतीय कसुर तथा साइबर अपराध दर्ता भएको जानकारी दिएको छ । एक वर्षको अवधिमा सहकारी संस्थामा भएका अनियमितता सम्बन्धी देशभरमा १४९ वटा मुद्दा दर्ता भई २७१ जना प्रतिवादीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारी प्रकरणका १ हजार ११० जना प्रतिवादीहरु फरार रहेका छन् । त्यसैगरी अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी १५२ वटा उजुरीहरु विभिन्न प्रहरी कार्यालयहरुमा परेकोमा १५ वटा उजुरीहरु दर्ता भइ ६ वटा मिलापत्र भइसकेको र १४६ वटा अनुसन्धानको क्रममा रहेका छन् ।