काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न निर्बाचन आयोग जानु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री तथा महासचिब बिष्णु पौडेल र नेता सुवास नेम्वाङलाई साथमा लिएर प्रधानमन्त्री ओली आनयोगमा पुग्नु भएको हो ।
पार्टी भित्रको अन्तरकलहले राजनीतिक रुपमा बिभाजन भएपनि नेकपा कानूनी रुपमा दुबै पक्षले आफु आधिकारिक भएको दाबि गर्ने आई रहेका छन् । यस अघि आयोगले नेपाल –दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल संग पनि छलफल गरिसकेको छ ।
यता सरकारले दुई चरणमा निर्बाचन गर्ने स्थानहरुको बारेमा टुङ्गो समेत लगाएको छ । त्यस बिषयमा पनि आयोगमा छलफल हुने जनाईएको छ । प्रधानमन्त्रीले निर्बाचनको तयारी सरकारको तर्फ बाट आयोगलाई गर्नुपर्ने सहयोगका बारेमा छलफल हुने महासचिब बिष्णु पौडेलले न्यूजपोलारलाई जानकारी दिनुभयो ।











