२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा चट्याङ लागेर एकै घरका तीन जना घाइते



सांकेतिक तस्बिर
अ+ अ-

मुग्लिन । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उहाँको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उहाँले बताउनुभयो । चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उहाँले बताउनुभयो । रासस