१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल

दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनु भयो ।

उहाँले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताउनु भयो । उहाँले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको छ । त्यो हिसावले पनि हामीले प्रयासहरु गरिरहेका छाँै । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरु पूरा गर्छौं । वागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुन:गठन हुनेछ ।’

महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताउनु भयो । उहाँले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै भएको दाबी गर्नुभयो । उहाँले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताउनु भयो । उहाँले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताउनु भयो । उहाँले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यतिबेला सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने प्रकारको जिज्ञासा कतिपय कमरेडहरुको मनमा पैदा भएको देख्छु । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ । अहिले हामीले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छाँै । त्यसअर्थमा मिसन ०८४ हाम्रो उद्देश्यमा कुनै फेरबदल भएको छैन । त्यो निरन्तर जारी छ । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन । र अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन ।’

‘यद्यपी त्यहाँ वामपन्थी दलहरुको सहभागिता बढी छ । तर यो सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका पाँच राजनीतिक दलहरुको सहकार्य हो । त्यसैले हामीले जे हो त्यही रुपमा बुझ्नुपर्छ । यो पाँच राजनीतिक दलबीचको सहकार्य हो जसमा वामपन्थीहरु पनि छन्, गैरवामपन्थीहरु पनि छन् । त्यसैले यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन । समाजवादी मोर्चाका तर्फबाट एमालेलाई समाजवादी मोर्चामा सामेल हुनका लागि प्रश्तचाव आयो भन्ने चर्चा गरेपछि कतिपय साथीहरुको कुरा के हो भन्ने छ । वास्तवमा हाम्रो नीति मोर्चा बनाउनेतर्फ गइरहेको छैन । हाम्रो नीति राजनीतिक ध्रुवीकरणको नीति हो । बलियो राष्ट्रिय शक्ति निर्माणको नीति हो । त्यसअर्थमा अहिले हामी यो ढंगले अघि बढीरहेका छौँ ।’

महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गर्नुभयो ।