५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट २३ विद्यार्थीले एसईई दिँदै



अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि जापानबाट २३ जना विद्यार्थी सहभागि हुदैछन् ।

जापानको एभरेस्ट स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एसईई परीक्षा दिन लागेका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

जापानको एभरेस्ट स्कुलका विद्यार्थीका लागि सोहि विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। उक्त परीक्षा केन्द्रको अनुगमन जापानस्थित नेपाली दूतावासले गर्नेछ । र, सोहि स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षाको लागि हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने छ ।

एसईईको लागि देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू परीक्षा दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।