८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कास्कीको अधिवेशनमा विवेक त्रिपाठीद्वारा सामाजिक सरोकारको प्रस्ताव पेश



अ+ अ-

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औ अधिवेशनको बन्द सत्रमा जिल्ला सदस्य विवेक त्रिपाठीले कार्यकर्ता संरक्षण कोषको स्थापना गरियोस् भन्ने सामाजिक सरोकारको प्रस्ताव पेश गरेका छन् ।

त्रिपाठीले प्रस्ताव पार्टी जिल्ला इन्चार्ज थममाया थापालाई बुझाएका हुन् । उनले कार्यकर्ता संरक्षण गर्न पार्टीले कोष खडा गरेर उनीहरुको योग्दानको कदरदेखि नयाँ कार्यकर्ताहरुको लागि सिकाई हुने बताए ।

कार्यकर्ताको क्षमता वृद्धि गर्ने समस्यामा परेका कार्यकर्तालाई संरक्षण गर्ने कोषमा उल्लेख गरेका छन् । पुराना पार्टी कार्यकर्ताहरु कोही कतै समस्यामा परेको भए यस कोषबाट काम गर्ने सकिने समेत त्रिपाठीले बताए ।

आधार स्तम्भनै कार्यकर्ता भएको भन्दै संगठनले संरक्षण गर्नु दायित्व रहेको उनको भनाइ छ ।

सामाजिक सरोकारको प्रश्तावमा कासिराम भट्टराई र बोधराज गिरीले समर्थक गरेको उक्त प्रस्तावको सम्बोधन गरिने तथा एमाले कास्कीको संगठन निर्माणमा एक नयाँ आयाम बन्ने त्रिपाठीको विश्वास छ ।