६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई
अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।  

 विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा पुरुषोत्तम दाहालले राससलाई जानकारी दिनुभयो । यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनुभएका ज्ञानु प्रसाईँ सम्मानित हुनुहुने भएको छ । विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

पुरस्कार चयनका लागि डा विमल कोइरालाको संयोजकत्वमा डा दिनेश भट्टराई, डा कुमार कोइराला, दुर्गा घिमिरे र प्रा नवेन्द्र निधि रहनुभएको समितिले माघ २४ मा बसेको बैठकले गरेको चयनअनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ । विसं २०६८ देखि सञ्चालित अस्पतालको १०० शय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ । विसं १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मनुभएका निधिको पार्थिव अवशान विसं २०५६ मा भएको थियो ।

विसं २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि हुनुहुन्छ ।