६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बुढीखोलास्थित नहर जोखिममा, सरकारी निकाय माैन

बुढीखोलास्थित नहर जोखिममा,  सरकारी निकाय माैन
अ+ अ-

माेहम्मद सदरूल

विराटनगरः मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । बर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ ।

खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्रगतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कङ्क्रिट ब्लक र ढुङ्गासहितको तारजाली लगाउनुपर्ने आवश्यकता देखिएको छ । बुढीखोला नहरको संरचना १६५ मिटर लम्बाइको एक्वाडक्ट कम ब्रिज हो । खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम बढेको हो ।

यदि यो संरचना नदी कटानका कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहरहरु छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुरमा आश्रित कृषक सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना हुन्छ । तीन वर्ष पहिले मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाएपछि छ शाखामा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । यो संरचना बनाउन आयोजनाले रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाइ काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो ।

बुढीखोलामा अहिलेको जस्तै कटान लोहन्द्राखोलामा पनि देखिएको थियो तर आवश्यक बजेट अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगायो भने त्यस क्षेत्रका करिब १० हेक्टर जग्गामा धानखेतीको समयमा किसानले पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताउनुभयो । उहाँले कुनै पनि समस्यालाई तत्कालै समाधानको उपाय गर्नुपर्नेमा जोड दिँदै सिँचाइजस्तो संवेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले लोहन्द्राखोलाको नहर यसै वर्ष सञ्चालन गर्न रु आठ करोड आवश्यक भन्दै अन्यथा बनेको संरचनालाई आउने बर्सातमा हुने बाढीले जोखिममा पार्न सक्ने बताउनुभयो ।

लोहन्द्राखोलाबाट पूर्वको बुढीखोलामा रहेको पुरानो नहरलाई बचाउन विभागले तत्काल रु एक करोड ५० लाख विनियोजन गर्नुपर्ने अयोजनाका डिभिजनल इञ्जिनीयर रमेशलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीखोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट रु ३४ लाखको बोलपत्र आह्वान भइसकेको छ भने यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु ६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा छ । उहाँले कुनै कारणले  संरचना भत्किए मोरङमा सिञ्चित हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने बताउनुभयो ।

विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताउनुभयो । उहाँले विभागले समयमै यसको उपचार गर्नुपर्ने बताउनुभयो । हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बुढीखोलाको संरचना बचाउनका लागि आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “अन्न उत्पादनको रूपमा चिनिने जिल्ला मोरङमा सिँचाइबिना कसरी बाली उत्पादन गर्न सकिन्छ ?”

बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बुढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प छैन भन्नुभयो ।