६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ : प्रधानमन्त्री ओली

सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ : प्रधानमन्त्री  ओली
अ+ अ-

काठमाडो । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ ।

अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उहाँले बताउनुभयो । “कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उहाँले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गर्नुभयो । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उहाँले प्रष्ट पार्नुभयो । अख्तियार स्वतन्त्र रहेको र उसको काममा सरकारले हस्तक्षेप नगर्ने उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । 

अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उहाँले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताउनुभयो । भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सञ्चारमाध्यम यथार्थ कुरा सूचित गर्न सक्रिय रहनुपर्छ”, प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो, “भ्रष्टबाहेक यो देशमा जन्मिदैनन् भन्ने पार्न खोजिँदै छ, यो ठीक होइन ।”

भ्रष्टाचार निवारणका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको उहाँको भनाइ थियो । “ संवैधानिक निकाय उत्तरदायित्व बोकेको गम्भीर संस्था हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कानूनको नजरमा सबै बराबर हुन् भन्ने ढङ्गले काम गर्नुपर्छ ।” निर्दोषलाई कुनै पनि हालतमा दोषी बनाउन नहुने भन्दै उहाँले हचुवा तालले मुद्दा दायर नगर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले आयोगको कामप्रति आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । 

“भ्रष्टाचार सबैको साझा शत्रु हो भन्ने कुरा व्यवहारमा उतार्नु जरुरी छ”,  प्रधानमन्त्री ओलीले भन्नुभयो । हरेक व्यक्तिले आफूलाई भ्रष्टाचारबाट मुक्त पार्न जरुरी रहेको भन्दै उहाँले भ्रष्टाचार गर्ने अवसर कसैले पनि पाउन नहुने बताउनुभयो । “भ्रष्टलाई सजाय दिनैपर्छ । यसमा सबैले सहयोग गरौँ”, उहाँले भन्नुभयो । सरकारले पछिल्लो समय भ्रष्टाचार निवारणका लागि नागरिक एप्स ल्याएको उहाँको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा मुद्दा भएकाले धाक लगाउने र तर्साउनेदेखि नडराउन आयोगलाई सुझाव दिनुभयो । उहाँले आयोगका पदाधिकारीलाई निडर भएर काम गर्न आग्रह गर्नुभयो । “भ्रष्ट्रचार नियन्त्रणका लागि सिङ्गो समाजको साथ आवश्यक छ”, उहाँले भन्नुभयो ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाइने बताउनुभयो । अनियमितता गर्नेलाई कारवाहीको दायरामा लैजान आयोग सक्रिय हुने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मलखाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमतिपत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृतिलगायत क्षेत्रमा हुने घुसखोरी, बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउँछौँ । गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहन्छ ।”


कार्यक्रममा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, अन्य विशिष्टि कर्मचारी, सुरक्षा अधिकृतलगायतको उपस्थिति थियो । 

सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारी तथा सुरक्षाकर्मीलाई राष्ट्रपति भण्डारीले नगद र ताम्रपत्रसहित सम्मान गर्नुभएको थियो । सम्मानित हुनेमा उत्कृष्ट अनुसन्धानकर्तातर्फ सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारी हुनुहुन्छ । उहाँहरू दुवैलाई जनही रु २५ हजार तथा ताम्रपत्रसहित सम्मान गरिएको थियो । यस्तै सम्मानित हुनेहरूमा उत्कृष्ट कर्मचारीतर्फ सहसचिवद्वय नारायणप्रसाद सापकोटा र शिवकुमार कार्की, उपसचिवतर्फ नारायणप्रसाद दाहाल र धर्मअवतार कोइराला, सिनियर डिभिजनल इञ्जिनीयर महेशप्रसाद यादव, उपसचिव मेघनाथ रिजाल र शिवराज रेग्मी, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षकद्वय मोहनकुमार थापा र केशव भट्टराई, शाखा अधिकृत कृष्णबहादुर दाहाल, इञ्जिनीयर ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, शाखा अधिकृतद्वय कुलचन्द्र पराजुली र सुरेशचन्द्र अधिकारी, इञ्जिनीयर रजल श्रेष्ठ, शाखा अधिकृत रामकृष्ण पाठक तथा कम्प्युटर अपरेटर कुमारी लामा हुनुहुन्छ । 


यस्तै सोही समारोहमा निबन्ध लेखनतर्फ प्रथम, द्वितिय र तृतीय हुनेहरूलाई प्रधानमन्त्री ओलीले नगद तथा सम्मानपत्र प्रदान गर्नुभयो । निबन्ध लेखनतर्फ कञ्चनपुरकी नम्रता पौडेल प्रथम, काठमाडौँकी पूजा सुवेदी द्वितिय तथा भक्तपुरका लक्ष्मण दुलाल र दाङका सुदीप रिजाल तृतीय हुनुभएको थियो । रासस