१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

१९ देशका गैरआवासीय राजदुतसँग परराष्ट्रमन्त्रीले भने: ‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’

१९ देशका गैरआवासीय राजदुतसँग परराष्ट्रमन्त्रीले भने: ‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’
file photo
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताउनु भयो । द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उहाँको भनाइ छ । द्वन्द्वले असमानताहरु झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले लुम्बिनी विश्वशान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ । फलस्वरुप असमानताहरु पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्वशान्तिको कामना र आह्वान गर्न सकिन्छ । यो ठाउँको विकल्प कुनै अर्को स्थान छैन ।’

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका,पोल्याण्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदुतहरू सहभागी थिए । विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।