९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्लाहीका किसानद्वारा सडकमा माछा फालेर विरोध

सर्लाहीका किसानद्वारा सडकमा माछा फालेर विरोध
अ अ+ अ-

बरहथवा । चर्को विद्युत् महसुल असुलेको भन्दै सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले आज पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध गरेका हुन् ।

गाउँगाउँबाट जम्मा भएका किसानले करिब पाँच क्विन्टल माछा सडकमा फालेका थिए । माछाखेती गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको किसानको आरोप छ ।

विद्युत् प्राधिकरणले सुरुमा कृषि मिटर भनेर जोडिदिएको भए पनि अहिले चर्को शुल्क लिने गरेको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका माछा किसान लक्ष्मीप्रसाद लामिछानेले बताउनुभयो । किसानलाई माछापालन गर्न नसक्ने गरी प्राधिकरणले विद्युत् महसुल असुलेको उहाँले भनाइ छ । “किसान यसै पनि सङ्कटमा छन्”, उहाँले भन्नुभयो, “त्यसमाथि चर्को विद्युत् शुल्क किसानले कहाँबाट तिर्ने रु”

आफूहरुले पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको भन्दै सरकारले किसानमा विभेद गरेको रामनारायण सहनीले बताउनुभयो । धान, मकैखेती गर्ने किसानलाई कृषि मिटर दिने प्राधिकरणले माछापालन बढोस् भन्ने नचाहेको आन्दोलित किसानको गुनासो छ । सरकारले एकातिरबाट पोखरी खन्न अनुदान दिएर उस्काउने र अर्कोतर्फबाट विभिन्न शुल्क असुल्ने गरेको सहनीको भनाइ छ ।

जिल्लाको ईश्वरपुर तथा हरिपुर्वा नगरपालिका, चन्द्रनगर र पर्सा गाउँपालिकालगायत ठाउँमा ठूलोमात्रामा माछापालन हँुदै आएको छ । यसरी माछापालनबाट आत्मनिर्भर हुन खोजेका किसानलाई पलायन गर्नेगरी विद्युत् महसुल लिने तथा जरिवानाका नाममा मर्कामा पर्ने गरेको माछा किसान राजु मण्डलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादन भएको माछा देशका ठूला व्यापारिक केन्द्रसम्म पुग्ने गरेको छ ।

माछा किसानमाथि विद्युत् महसुलका कारण भएको अन्याएकाविरुद्ध आफूहरु सशक्त ढङ्गले लाग्ने ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । नगरले कृषि मिटरमा किसानका लागि राहत दिने तयारी गरिरहँदा प्राधिकरणले चर्को शुल्क असुलेको उहाँको आरोप छ । सरकारले किसानका पक्षमा तत्काल निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खुला सीमाका कारण भारतीय माछा नेपाली हाट बजारमा छ्यापछ्याप्ती हुने गरेका छन् । यसबाट नेपालका माछा किसान सधैँ मर्कामा पर्ने गरेका नगरपालिकाका पूर्वप्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो । माछा किसानलाई अनुदानलगायतको व्यवस्था र विद्युत्मा सहुलिएत दिएर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । रासस