१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ: उपाध्यक्ष भुसाल

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ: उपाध्यक्ष भुसाल
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआएपनि मोर्चा कायम रहने बताउनुभएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताउनु भयो । उहाँले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समिकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताउनु भयो । उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनु भयो । उहाँले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज बसेर गरेको के थियो भने हिजो समाजवादी मोर्चा बनाउँदा हामी नेपाली काँग्रेससहितको सत्ता गठबन्धनमा थियौँ । त्यहाँ हामीले सरकारमा भएका र नभएकाहरुको हो समाजवादी मोर्चा, सडकमा भएका पनि, सदनमा र सरकारमा भएकाहरुको पनि । त्यहाँ एउटा छलफल, समझदारी गरेर हामी बनाउँछौँ । चलाउँछौँ । हाम्रो समझदारीमा फरक नपरोस् भनेर बनाएको बेला थियो । अहिले फेरि नयाँ सहकार्य थालनी भयो । अहिलेको सहकार्यमा समाजवादी मोर्चामा नभएकामध्ये नयाँ दलहरु हुनुहुन्छ । त्यसैले उहाँहरुसँग पनि समझदारी गरेर यसलाई अगाडी बढाउने कुराको, विद्यमान मोर्चा अगाडी बढाउने कुरा पनि भयो । सम्भव भयो भने अरु पनि सहभागि हुन सक्नुहुन्छ । तर सरकारमा एक ठाउँ हुने, मोर्चा अर्को ठाउँमा हुँदाखेरी आपसमा कुनै त्यस्तो असमझदारी नहोस् भन्नलाई छलफल नभइसकेको बेला रहेछ ।’

‘हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा(एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदैछँ । त्यसले मोर्चाको कामलाई अगाडी बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरुको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि(एमाले) ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडी बढाउँछौँ । यसको उद्देश्य यो हो भनेर आपसी असमझदारी सरकारमा एक ठाउँमा हुने मोर्चामा नहुँदाखेरीको कुनै कन्फ्युजन नहोस् भन्नलाई पनि यो बारेमा छलफल भएको हो । एमालेसँग पनि छलफल गरेर एउटा समझदारी बनाएपछि वृहत खालको पनि हुनसक्ने भयो । भएन भनेपनि हामी फेरी यसलाई अगाडी बढाउँछौँ ।’

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमती बन्दै गएमा एकताको तहसम्म पुग्ने बताउनु भयो । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यसले समाजवादको आधार तयार पार्ने, त्यो प्रकारका नीति, कार्यक्रम बनाउने यसको एउटा उद्देश्य हो । अर्को चाहीँ तलैसम्म मोर्चा बनाएर लिएर गएर धरातलसम्म पुर्‍याउने र काहीँ एउटा सन्दर्भमा गएर साझा नीति, कार्यक्रममा सहमती हुँदै गए त सहकार्यले फेरी हामीलाई एउटै संगठन बनाउनेमा पनि जानसक्छ । समान धारणा भएका, छरिएर बसेका शक्तिहरु एक ठाउँ, एउटा मोर्चामा आएर समान बुझाइ, समान कार्यबाट अगाडी बढ्ने बनाएर समाजवादलाई प्रचारप्रसार गर्ने र जनतामा जाने । जस्तो अहिले समाजवादी मोर्चामा भएका तीन वटा घटक सरकारमा छौँ हामी । समाजवादको आधार तयार पार्ने कस्ता नीतिहरु तयार हुने ? सरकारको नीति, कार्यक्रम, बजेट आउँदैछ । त्यसकारण त्यतापट्टी लक्षित गरेर फेरि सरकारका नीति, कार्यक्रम बनाउन फिटब्याक दिने कुरा पनि हुनेभयो । आम जनतालाई समाजवादको आन्दोलनमा संगठित गर्ने साझा मोर्चा पनि हो ।’

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताउनु भयो । उहाँले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताउनु भयो ।