६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
सांकेतिक तस्बिर
अ+ अ-

इनरुवा । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा छन् ।

चितवनः पूर्वी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परी मृत्यु हुनेमा कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरी रहेका छन् । 

पूर्व पश्चिम राजमार्गको खैरहनी नगरपालिका–१ तरकारी चोकमा लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना५९प ८७७ नम्बरको मोटरसाईकल आज बिहान ठक्कर खाएको थियो । ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका–५ का ३१ वर्षीय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।