१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

हिल्दुमका किसान तरकारी खेतीमा आकर्षित

हिल्दुमका किसान तरकारी खेतीमा आकर्षित
अ अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।

सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारीखेती गर्दै आएका थिए । पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आफ्नो संस्थाले नौजना हिल्दुम गाउँका किसानलाई तरकारीखेतीका लागि प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको छ ।”

हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताउनुभयो । व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाईबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारीखेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताउनुभयो ।

हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारीखेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताउनुभयो । तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिनुभयो ।

कृषक सुनारले भन्नुभयो, “एक डोको साग र धनियाँ सदरमुकाम सिमकोटमा बिक्री भयो भने रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गर्दछ ।” दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ । हप्ताको तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उहाँले बताउनुभयो ।

बालबच्चाको कापीकलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताउनुभयो । तरकारीखेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको बताउनुभयो । स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त हुनुहुन्छ । उहाँ यतिबेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिनुभएको छ । हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ ।

वर्षायाममा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताउनुभयो । हिउँद याममा आफूजस्ता किसानका लागि आम्दानीको स्रोत राम्रो हुने गरेको उहाँले बताउनुभयो । आजभोलि सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको रु ३० र काउली तथा बन्दाको रु ४० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ । एक दिनमा रु दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताउनुभयो ।

हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन्भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारीखेती गरेका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ ।

गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारीखेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् ।

कृषकले हिउँदयाममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् । जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारीखेतीमा लागेको पाइन्छ ।  हिल्दुम गाउँका ५६ घरधुरी सबै तरकारी फलाउँछन् । गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनाका साथै बिक्री हुने गरेको छ । रासस