२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कमजोर स्वास्थ्यका कारण’ महरालाई हाजिरी जमानीमा छोड्ने तयारी



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छोड्ने सम्भावना रहेको छ ।

कमजोर स्वास्थ्यको कारण देखाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई हाजिरी जमानीमा छोड्न सक्ने बताईएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथिको ४ दिने म्याद आज सकिँदैछ । महराको स्वास्थ्य अवस्था कमजोर रहेकोले उनलाई छोड्ने तयारी भईरहेको स्रोतले बतायो । यद्यपी, यसबारे निर्णय भने भईसकेको छैन ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

महरालाई स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अदालतले अस्पतालमा राख्न निर्देशन दिएको थियो । सोहिअनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको छ । महरालाई बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ ।