१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारबाट हट्नु परेपछि निहुँ खोजेर संसद् अवरुद्ध गर्नु लोकतन्त्र होइन: केपी ओली

सरकारबाट हट्नु परेपछि निहुँ खोजेर संसद् अवरुद्ध गर्नु लोकतन्त्र होइन: केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा संयमता जरुरी रहेको बताउनुभएका छ ।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । लोकतन्त्र सरकारबाट हट्नु पर्‍यो भनेर निहुँ खोजेर, संसद् अवरुद्ध गर्ने विषय नभएको बताउनुभयो । ‘निहुँ खोज्ने, च्याँठिने, आक्रोस पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति’, ओलीले भन्नुभयो ।

राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको ओलीले बताउनुभयो । ओलीले राजनीतिलाई देश र जनताको समृद्धिको माध्य बनाउनु पर्ने बताउनुभयो । समाजको उन्नतिका लागि, प्रगतिका लागि, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शीताका लागि, सबैको सुरक्षा र सम्मानका लागि राजनीति केन्द्रित हुनु पर्ने ओलीले बताउनुभयो ।

ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । उहाँले कोही पनि जात, धर्म, सम्पत्ति, कुलीनताको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच नहुने प्रष्ट पार्नुभयो । ‘सबै बराबर हुन् मानिस, जन्मिँदा बराबर जन्मिन्छ र मानिस सबै बराबर र स्वतन्त्र हुनुपर्छ’, ओलीले भन्नुभयो ।

कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने उहाँले स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै संगठित गरेर अघि बढाउँदा जातीय विभेद अन्त गर्न सकिन्छ भनेर २०४५ सालमा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद विरुद्धको आन्दोलन चलाएको ओलीले बताउनुभयो । एमालेकै प्रयासमा संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।

नेकपा एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । ‘सबै कुराबाट निरपेक्ष तर वर्ग सचेत, अन्याय विरोधी, असमानता विरोधी, सामाजिक न्याय र समानताको पक्षधर नेकपा एमाले हो, हाम्रो पार्टी हो, कम्युनिष्ट पार्टी हो’, ओलीले भन्नुभयो ।

कहिले कहिले मन्त्री किन भएन भन्ने प्रश्न उठ्ने बताउँदै ओलीले यस पटक पनि दलित समुदायबाट मन्त्री हुने बताउनुभयो । ‘एउटा ठाउँ छ त्यहाँनेर, यस पटक पनि मन्त्री हुन्छ’,ओलीले भन्नुभयो ।सबै कुरा एकैचोटी सम्बोधन गर्न नसकिने भए पनि नेकपा एमालेले सबैलाई स्थान दिने बताउनुभयो । हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो ।

ओलीले विभेद गर्ने मान्छे जतिसुकै पढेलेखेको भए पनि त्यो असभ्य मान्छे नै भएको उहाँले बताउनुभयो । ‘त्यो एक प्रकारको हिंसा हो, विभेद भनेको अपमान हो, हिंसा हो, छुवाछुत भनेको अपमान हो, हिंसा हो’, ओलीले भन्नुभयो । कोही पनि छाडि पर्नु हुँदैन र पछाडि छाडिनु हुँदैन भन्ने मान्यता एमालेको रहेको ओलीले बताउनुभयो। अपमान र घृणा गर्ने कुराले समृद्ध नेपाल, सुखी नेपाली बन्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।