• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय ★   लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ★   वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे ★   नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी ★   मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण ★   करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ ★   रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप ★   आज अक्षय तृतीया मनाइँदै ★   कोशी, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि झरी

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहिबार सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।