१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारले गरिवी घटाउँछ, शुन्यमा झार्नेगरी काम गर्छ: ओली

सरकारले गरिवी घटाउँछ, शुन्यमा झार्नेगरी काम गर्छ: ओली
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिवी घटाउने गरी काम गर्ने बताउनुभएको छ ।

अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उहाँले त्यसलाई घटाउँदै लगेर शुन्यमा झार्ने सरकारको योजना हुने पनि बताउनु भयो । पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिवीलाई शुन्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताउनु भयो । उहाँले चीनले गरिवी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताउनु भयो ।

विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गर्नुभयो । उहाँले जनताको दु:ख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताउनु भयो । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढन पनि पार्र्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकार परिवर्तन भएको छ । अघिल्लो सरकार जस्तो दुई वर्षमा ३ प्रतिशत गरिवी बढाउने हो भने सरकारमा हामी हुनु/नहुनुको केही अर्थ हुँदैन । हामीले सरकार छोडेको २, अढाई वर्षमा हामीले गरिवी १७ प्रतिशतमा झारेका थियौं । तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २० दशमलव २६ प्रतिशतमा गरिवी बढ्यो । फेरि माथि गयो । त्यसलाई घटाउनुछ । शुन्यमा झार्नुछ । यही हाम्रो छिमेक चीनले गरेको छ । समाजवाद र समाजवाद उन्मुख भनेको त्यही हो । एउटा जिम्मेवार सरकार, जनता हेर्ने सरकार, जनताको समस्या देख्ने सरकार । हामीले किन सडक बालबालिकालाई उठायौ । उनीहरु हाम्रो छोराछोरी खाते भएर बस्न सक्दैनन् । कुकुरसँग खानेकुराका लागि झगडा गरेर हाम्रा छोराछोरी खाते भएर बस्न सक्दैनन् । तिनको व्यवस्था जनताको सरकार छ । त्यसले व्यवस्था गर्छ भनेर मैले अभियान चलाएको थिएँ । सडक बालबालिकाकाको हामीले रेस्क्यू गरेका थियौं । सडक बालबालिका थिएनन् हाम्रो समयमा । हामीले ज्येष्ठ नागरिकहरुको व्यवस्था, एकल नागरिकहरुको व्यवस्था गर्‍यो । त्यो सहारा नहुनेहरुका लागि गरिएको हो । जिम्मेवार सरकारको भावना हामीले देखाएका थियौं । समाजवाद उन्मुख भएको त्यही हो । जनताको दु:खकष्ट हरण गर्ने हो । पैतालामा बिझेको काँडा निकाल्ने हो । ठूला कुरा मात्रै गर्ने होइन नि । त्यो काम हामी हुँदा गरेका थियौं ।’

ओलीले एमालेमाथि विपक्षहरुले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।