२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको हो ।

नेपालको संविधानको धारा, ९४ अनुसार संसद्मा कुनै प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक सङ्ख्या आवश्यक हुने जनाउँदैै सांसद देवप्रसाद तिमल्सेनाले सभामुखको ध्यानाकर्षण गर्नुभएको थियो ।

तीन मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्दा गणपूरक सङ्ख्या पुग्न ६९ आवश्यक पर्नेमा बैठकमा उपस्थित सांसदको सङ्ख्या ६६ रहेकाले बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।