३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते



अ+ अ-

बलेवा । बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुग्नुभएका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।