१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

दूधको उचित मूल्य नपाउँदा किसान मारमा
फाईल फोटो
अ अ+ अ-

घोराही । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्नहुन्छ । उहाँले २९ भैँसी पाल्नुभएको छ । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्नुहुन्छ ।

यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्नुहुन्छ । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताउनुभयो ।

“खर्च धेरै छ, आम्दानी न्यून हुन्छ”, यादवले भन्नुभयो । बिहान उठेदेखि बेलुकासम्म उहाँलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उहाँको भनाइ छ । “दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ”, उहाँले भन्नुभयो, “निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।” दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउनुहुन्छ ।

यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दैआउनुभएको छ । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्नुहुन्छ । “दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भन्नुभयो । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आउनुभएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । उहाँले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दैआउनुभएको छ । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भन्नुभयो । उहाँसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु एक सयमा बिक्री गर्ने गरेका छन् ।

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ । स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन् । “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भन्नुभयोे । उहाँको फार्ममा हाल २८ गाई भैँसी छन् ।