२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनि प्रष्ट पार्नुभएको हो । उहाँले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताउनु भयो । उहाँले सार्कलाई पुन: क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा बिमस्टेकको रुपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रुपमा लिदैनौँ । सार्कको महत्व आफ्नो ठाउँमा छ । र सार्कलाई पुन: क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई विमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।’

उहाँले बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडी बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।