४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी समस्या समाधानका लागि छानविन आयोग गठन गरौँ: सांसद पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानविन आयोग गठन गर्न माग गर्नुभएको हो ।

त्यस्तै सहकारीको वर्गिकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने पनि बताउनु भयो । उहाँले ऋणीहरुको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने बताउनु भयो । उहाँले कानूनको संशोधन गर्न पनि आवश्यक रहेको बताउनु भयो । उहाँले राज्यले समयानुकुल कानूनको प्रवन्ध गर्न नसक्दा र नियामक निकाय गैरजिम्मेवार बनाउँदा अहिले सहकारीमा समस्या देखापरेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राज्यले समयानुकुल कानुनको प्रवन्ध गर्न नसक्दा, नियामक निकाय गैरजिम्मेवार बनिदिँदा, नियामक निकायमा सहकारी आन्दोलन नबुझेका र बुझ्न नचाहाने पदाधिकारीहरु राज्यले पठाइदिँदा, विभिन्न बेला राजनीतिक हस्तक्षेप भइदिँदा समस्या आएको छ । हुनेखानेहरुले र गैरजिम्मेवार नियामक निकायहरुले मिलेरै सहकारी, सहअस्तित्व र जिवनको गर्जो टार्ने व्यवसायिकतालाई हुनेखाने मालिकहरुले नक्कल गरे । र कारोबार, व्यापार, पुँजी लुकाउने र कालो धनलाई सेतो बनाउने धन्दा गरे ।’

‘त्यसैले सहकारी आन्दोलन आज समस्यामा छ । सामाजिक सहकारीमा समस्या कमै छ । तर धन्दाका लागि खोलिएको सहकारीले सिर्जना गरेको समस्यामा आज आम सहकारी आन्दोलन घाइते बनेको छ । त्यसैले यो आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानविन आयोग बनाउनुपर्छ र जिम्मेवारपूर्वक खोजी गर्नुपर्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानविन आयोग बनाऔँ । सहकारीको वर्गिकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणित गरौँ । ऋणीहरुको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध गरौँ । आन्दोलन बुझेको नियामक निकाय निर्माण गरौँ । र सरोकारवालासँग छलफल गरेर कानुनको संशोधन गरौँ । यसरी जाने हो भने यो सहकारी आन्दोलनमा आइरहेको समस्या समाधान हुन्छ ।’

उहाँले राजनीतिक हस्तक्षेपका कारण पनि सहकारीमा समस्या देखापरेका बताउनु भयो ।