१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मणिका धाममा धार्मिक मेला

मणिका धाममा धार्मिक मेला
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।

सो धाम क्षेत्रमा भारतीयसँगै छिमेकी जिल्लाका भक्त वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्नका लागि मन्दिर क्षेत्रमा पुग्नेक्रम बढ्दोरुपमा रहेको छ । आज राति र भोलि दिउँसो मन्दिरमा धार्मिक मेला लाग्ने वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताउनुभयो ।

उहाँका अनुसार फागुन शुक्लपक्षको नवमीमा रात्रि र दशमीको दिउँसो मेला लाग्ने गर्दछन् । वर्षौंदेखि यसै तिथिमा मणिका धाम क्षेत्रमा मेला लाग्दै आएको छ । “मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालु भक्तजनलाई मध्यनजगर गरी खानेपानीको सुविधासँगै सडक मर्मतको कार्य गरिएको छ”, अध्यक्ष हमालले भन्नुभयो, “भक्तजनलाई रातिको आरती र भजनकीर्तन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएका छौँ ।”

बजार व्यवस्थापनको कार्यसँगै बसको अत्यधिक चाप हुने भएकाले पार्किङको उचित प्रबन्ध मिलाइएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार मन्दिर परिसर क्षेत्रमा जनसहभागितामा सरसफाइको काम गरिएको छ । मन्दिरमा मनोबाञ्छित फल प्राप्तिका लागि भाकल गरेकाले रातिको मेलामा सहभागी भई मन्दिरमा दियो जलाउने, पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा भेटीलगायत अन्य वस्तु चढाउने पनि रात्रिको मेलामा अनिवार्य सहभागी हुने गर्दछन् ।

मेलामा अप्रिय घटना हुन नदिनका सुरक्षाका लागि प्रहरीसँग समन्वयको कार्य गरिएको मन्दिरका मुख्य कारिन्दा डम्बरबहादुर ऐरले बताउनुभयो । “धार्मिक भक्तजनको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्वतयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “साधु, ब्राह्मण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य गरिएको छ ।”

प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजनको निकै भीड लाग्ने अनुमान गरी त्यसैअनुरुप तयारीको काम भइरहेको उहाँको भनाइ छ । मेलामा रु एक लाख बढी भक्तजन पुग्ने अनुमान गरिएको छ । मेलामा दर्शन गर्न र व्यापार व्यवसाय गर्नका लागि ठूलो सङ्ख्यामा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट भारतीय पुग्नेक्रम जारी रहेको छ ।

धाम क्षेत्रलाई स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गर्दछन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबैभन्दा अग्लो स्थानमा सिद्धनाथ–वैजनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाको भनाइ छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । त्यसलाई स्थानीयले मुड्का ताल भन्ने गर्दछन् ।

ताल भने संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । सङ्घीय सरकारले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मन्दिरको चारैतिर घना सालको वन रहेको छ । पूर्व–पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हँुदै बस चढेर आधा घण्टामै मणिका धाम क्षेत्रसम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ, वैजनाथ बाबाको प्राचीन मन्दिर, विवाहमण्डप, धुनी घर, भजनकीर्तन गर्ने स्थलसँगै साधु बस्ने कुटी रहेको छ । रासस