२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ: सांसद किराँती



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताउनु भयो । उहाँले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्युनिकरणका लागि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’

उहाँले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्युनिकरणका लागि ध्यान पुर्‍याउन नसकेको बताउनु भयो ।