१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपाली कला क्षेत्रलाई अवहेलना गरियो: अध्यक्ष केसी

नेपाली कला क्षेत्रलाई अवहेलना गरियो: अध्यक्ष केसी
अ अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताउनुभएको छ ।

बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताउनु भयो । उहाँले कलाकारलाई देशको गहना भन्ने गरिएपनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको बताउनु भयो । उहाँले निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ । भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ । यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन । यो बडो दु:खका साथ भन्नुपर्छ । यस्तो भव्य कार्यक्रमले, संसारभरका फिल्म मेकर्स आउनुभएको छ, यो कार्यक्रम जति हेर्दा सजिलो लाग्छ कार्यक्रम आयोजना कति गाह्रो छ भन्नेकुरा कल्पना भन्दा बाहिर छ । चलचित्र विकास बोर्डले हामीले सकेको, हाम्रो क्षमताअनुसारको पैसा सहयोग गर्दै आएको छ । त्यो कलापि पर्याप्त होइन । यसका लागि अझ धेरै काम गर्नुपर्छ । सरकारले नै वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर छुट्टै बजेट देओस् भन्ने मेरो पनि माग छ ।’

अध्यक्ष केसीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताउनु भयो ।