१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: मन्त्री शर्मा

सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ ।

बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएको बताउनु भयो । उहाँले सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो भएको बताउनु भयो ।

उहाँले नेपालका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै नभइ कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताउनु भयो । उहाँले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताउनु भयो । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसावले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल हो । त्यसैले हामीले भन्ने गर्दछौँ, सिंगो नेपाल फिल्म मेकरहरुका लागि स्टुडियो हो । यसलाई त्यही ढंगबाट विकास गर्न आवश्यक छ । यहाँका रमणीय प्राकृतिक सम्पदाहरुको सामिप्यतामा गरिने छायांकन मात्रै होइन कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अअखण्ड विरासत चलचित्रका लागि कथावस्तु पनि हुन् ।’

उहाँले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताउनु भयो ।