२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ५ जनाको मृत्यु



अ+ अ-

भोजपुर । धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा जीप दुर्घटना भएको छ ।

धरानबाट भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनामैनीमा मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

जीपका चालक मानबहादुर बस्नेत र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालकबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

जीपमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको उनले बताए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।