१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बागलुङमा चौतारी संरक्षण अभियान

बागलुङमा चौतारी संरक्षण अभियान
अ अ+ अ-

गलकोट । पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । मासिँदै आएका वरपीपल चौतारीले मौलिक सम्पदा गुमेको भन्दै चौतारी संरक्षण अभियान थालिएको छ ।

सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वरपीपल मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मतसम्भार गर्ने अभियान थालिएको छ । बागलुङ नगरपालिका–३ देउराली चोक नजिकैको हनुमानपौवाको चौतारी पुन:निर्माण गरिएको छ ।

सडक विस्तार र पहिरोका कारण चौतारी भत्किएर बस्नै नमिल्ने भएपछि स्थानीय तीर्थप्रसाद श्रेष्ठको सहयोगमा चौतारी संरक्षण गर्न थालिएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसीले जानकारी दिनुभयो ।

“हनुमान पौवामा पाँच वर्ष पहिलासम्म परम्परागत धारोमा पानी आउँथ्यो, चिटिक्क परेको चौतारी थियो तर सडक विस्तार र पहिरोका कारण जमिन भासिँदा सार्वजनिक शौचालयसहित चौतारो भत्किएको थियो”, वडाध्यक्ष केसीले भन्नुभयो, “बागलुङ बजारको प्रवेशद्वारमै चौतारो भत्किएको थियो, त्यसैले स्थानीय तीर्थ श्रेष्ठको आर्थिक सहयोगमा अहिले चौतारी, शौचालय र खानेपानीको काम भएको छ ।”

पछिल्लो समय बागलुङ बजारभित्र रहेका वरपीपल चौतारी मासिनेक्रम बढेकाले संरक्षण गर्न दाताको सहयोग पाएको वडाध्यक्ष केसीको भनाइ छ । हनुमानपौवामा सुन्धाराको जस्तै खानेपानीको धारा रहेकामा पछिल्ला वर्षमा संरक्षण अभावमा भत्किएकाले पुन:श्रेष्ठकै सहयोगमा खानेपानीको धारा पुन:निर्माण गरिएको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित सहिद पार्कअघि हालै नयाँ चौतारी निर्माण गरिएको छ । वरपीपल चौतारी मासिने सन्दर्भमा यहाँ भने नयाँ चौतारी बन्नु सुखद रहेको पाइएको छ ।

यस्तै बागलुङ नगरपालिका–८ सिँगाना थापाथर नजिकै फागुन महिनामै श्रमदानबाट नयाँ चौतारी निर्माण गरिएको छ । घर नजिकै रहेको चौतारी पहिरोले पुरेपछि स्थानीयको पहलमा सडक छेउको घुम्तीमा चौतारी निर्माण गरिएको स्थानीय युवा राजीन खड्काले बताउनुभयो । खड्काले गाउँमा युवा जुटेको समयमा श्रमदान गरेर सडक छेउमा चौतारी निर्माण गरेको बताउनुभयो ।

“सार्वजनिक सम्पत्तिका रुपमा रहेका चौतारी मासिनेक्रम बढेकाले थापाथर जाने सडकको घुम्तीमा यहाँका युवाको सक्रियतामा चौतारी चिनिएको छ, आर्थिक सहयोग जुटाएर प्लास्टरसहित रङरोगन गरी चिटिक्क पार्ने हाम्रो योजना छ”, खड्काले भन्नुभयो “रोजगारीका लागि विभिन्न देशमा गएका युवा घर फर्केका समयमा श्रमदान गरेर बनाइएको चौतारीमा वरपीपल भने सार्न बाँकी छ ।” सडक विस्तारका क्रममा सयौँ वरपीपल चौतारी मासिएका सन्दर्भमा बागलुङमा चौतारी संरक्षण गर्न स्थानीय अग्रसर भएका हुन् ।