५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा चैत्र ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिनुभएको हो । उहाँले त्यस कार्यक्रममा लागि यही चैत्र २ गते शुक्रवार अपरान्ह ३ बजेसम्म प्रधानमन्त्रीलाई सोध्ने प्रश्न संंघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय समक्ष बुझाउन पनि सांसदहरुलाई निर्देशन दिनुभयो ।

सभामुख घिमिरले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० चैत्र ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका माननीय सदस्यहरुले यस पटक प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० चैत्र २ गते शुक्रवार दिनको ३ बजे भित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिइसक्नुपर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छु । ’

प्रतिनिधि सभाको अर्को बैठक चैत्र १ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।