८ आश्विन २०८१, मंगलवार
,
Latest
आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म रवीन्द्रसंग प्रचण्डका मनका कुरा: राजसंस्था सोचे जस्तो खराब रहेनछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा चैत्र ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिनुभएको हो । उहाँले त्यस कार्यक्रममा लागि यही चैत्र २ गते शुक्रवार अपरान्ह ३ बजेसम्म प्रधानमन्त्रीलाई सोध्ने प्रश्न संंघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय समक्ष बुझाउन पनि सांसदहरुलाई निर्देशन दिनुभयो ।

सभामुख घिमिरले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० चैत्र ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका माननीय सदस्यहरुले यस पटक प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० चैत्र २ गते शुक्रवार दिनको ३ बजे भित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिइसक्नुपर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छु । ’

प्रतिनिधि सभाको अर्को बैठक चैत्र १ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।