२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर बालिकाको मृत्यु



अ+ अ-

जलेश्वर । जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।