१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रधानमन्त्री हुनकै लागि नयाँ सत्तासमिकरण बनाएको होइन: ओली

प्रधानमन्त्री हुनकै लागि नयाँ सत्तासमिकरण बनाएको होइन: ओली
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १५/१५ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति जनाउँदै आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नरहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पद बाँड्ने भन्ने समाचारले आफूहरुले बनाएको सत्ता समिकरणको गरिमालाई घटाएको जिकिर समेत गर्नुभयो । अब त केही गरांै राष्ट्र र जनताका लागि भनेर आफूहरुले नयाँ सत्ता समिकरण बनाएकाले प्रधानमन्त्री दाहालको पनि प्रधानमन्त्री पद बाँडफाँडको इच्छा नभएको ओलीलेल जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको कुरा बजारभरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरु सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खवरहरुको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । न १३/१३ महिनाको सकैले सम्झौता गरेको छ न यो भागबण्डाको कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । मेरो पनि नाम त्यहाँ जोडिएको छ क्यारे । यो प्रधानमन्त्रीको इच्छाको इच्छा पनि होइन । यो देशमा केही गरौं, अवत कमसेकम केही गरौँन । प्रधानमन्त्री जोसुकै होस् । मैले नेपाली काँग्रेसलाई पनि भने–कुरा गरौ न । यो देशको समस्याको समाधान कसरी गरौं भनेर ।’

अध्यक्ष ओलीले मुलुकमा केही गरौ भनेर आफूले काँग्रेससँग पनि पटकपटक प्रस्ताव गरेको पनि स्मरण गराउनु भयो ।