५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले आजित थिएँ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताउनु भयो । उहाँले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा (माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ । तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु । काँग्रेसभित्र पनि राम्रो एकता हुँदैछ । म नेपाली काँग्रेसका नेता साथीहरुलाई र सबैलाई विशेष रुपमा भन्न चाहन्छु की यो एकता प्रचण्डाका कारणले भएको छ । यसलाई राम्रोसँग टकाउनु होला । यसलाई शान्तिमा बदल्नुहोला । म खुशी नै छु । देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ । नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी नै हुन्छु । म नेपाली काँग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका सभापति दुई पटक प्रधानमन्त्री बनेको नबिर्सिनुहोला ।’

प्रधानमन्त्री दाहालले आफूलाई आरोप लगाउन सहज नरहेको जिकिर गर्नुभयो ।