२७ श्रावण २०८३, बुधबार
,
Latest
सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छः सभापति लामिछाने सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, एलपीजी आपूर्तिमा दबाब भएपनि संकट आउँदैनः आयल निगम सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता ‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’ नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैतका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति पुग्यो ?



अ+ अ-

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चैत महिनाका लागि ७.२५प्रतिशत तोकिएको छ । फागुन महिनामा ७.७५ प्रतिशत थियो । जुन ०.५ प्रतिशत विन्दुले घटेको छ ।

एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । एनआईसीले चैतमा व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत पुर्याएको छ ।

यस्तै, प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झारेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ५.६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सिटिजन्स र माछापुच्छ्रे बैंकले ७.७५ ब्याजदर तोकेको छ भने प्राइम कमर्सियल, नबिल र सानिमा बैंकले ७.२५ ब्याजदर कायम गरेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले ७.६ प्रतिशतले ब्याजदर कायम गर्दा लक्ष्मी सनराइज, प्रभु , हिमालयन, सिद्धार्थ बैंकले ७.५ प्रतिशत तोकेको छ । स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकले ७ प्रतिशतले ब्याजदर कायम गरेको छ ।

 




भर्खरै