२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छलीका एक करोड ५० लाखका मदिरासहित चार पक्राउ



अ+ अ-

काठमाडौँ । भारतबाट चोरी पैठारी गरी नेपालमा ल्याई रक्सी विक्री गर्ने पर्सा जिल्ला गादी घर भई बूढानीलकण्ठ क्षेत्रमा बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बख्रेलसहित चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्कालगायतका रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाको विशेष टोलीले मिति यही माघ १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानबाट २९६ कार्टुन मदिरासहित बख्रेलसमेत चारजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने अन्यमा काठमाडौँको कागेश्वरीमनहरा–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा जिल्ला सुवर्णपुर गाउँपालिका–५ घर भई हाल काठमाडौँ हाँडिगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही जिल्ला वरहथवा नगरपालिका–९ घर भई हाल काठमाडौँ चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

अनुसन्धानबाट रवि भन्ने भारतीय नागरिक र नेपाली नागरिक बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्री वितरण गरेको र बख्रेलले विगत तीन महिना अगावै प्रथम पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैरकानूनीरुपमा विक्री वितरण गरेको खुल्न आएको छ ।

त्यस्तै बख्रेलले बजारमा विक्री वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका सञ्चालक पन्तसँग मिलेर काम गर्दै आएको, घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई विक्री गर्दै आएको र उक्त राजश्व छलीका मदिराहरू विशेषतः पार्टी प्यालेसमा विक्री वितरण गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बरामद मदिराको अन्दाजी बजार मुल्य रू. एक करोड ५० लाख रहेको छ । उनीहरुलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीका लागि मिति आज राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको र बरामद गरिएका मदिराहरुको गुणस्तर परिक्षणका लागि समेत पठाइएको महाशाखाले जनाएको छ ।