१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्नेमा सांसदहरुको जोड

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्नेमा सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताए ।

उनीहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने बताए । पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने बताए । बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनको लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले सुर्तीजन्य उद्योगहरुको क्षमता अभिवृद्धि गर्ने नभइ रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरुको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताउनु भयो । उहाँले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने बताउनु भयो । यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको ओचित्य नरहेको बताउनु भयो ।

नेकपा एमालेका सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताउनु भयो । अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । उहाँले क्षमता अभिवृद्धि किन गरिएको हो ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रुपले हुनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीर्की सांसद रेखा यादवले उहाँले सरकारले युवाहरुलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरुलाई सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले गुट्का, खैनी बाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । उहाँले नेपालमा खैनी तथा सूर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको ओचित्यमाथि प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारको कानून मानेर खोलिएका उद्योगहरु सरकारले सञ्चालन गर्न दिनुपर्ने बताउनु भयो । उहाँले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको लागि र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गुट्का, खैनी र सुर्तीजन्य पदार्थको बिक्री वितरण र उत्पादनसम्बन्धीको मापदण्ड निर्मम भएर लागू गर्ने हो भने धेरै कुरा नियन्त्रण हुने बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरु कति छन् ? भन्नेबारेमा सरकारसँग यकिन तथ्यांक नरहेको बताउनु भयो । उहाँले भएका उद्योगहरु कसरी चलिरहेका छन्, उनीहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तरीयताको मापन कसरी भइरहेको छ ? भन्नै प्रश्न गर्नुभयो । उहाँले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरु बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सुर्तीजन्य पदार्थहरुको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । समितिको बैठकमा अन्य सांसदहरुले चलिरहेका उद्योगहरुलाई अबबाट उत्पादन वृद्धि गर्न नदिने गरी सरकार अघि बढ्नुपर्ने बताए ।