१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

धरहराबाट उपत्यका नियाल्ने रहर

धरहराबाट उपत्यका नियाल्ने रहर
अ+ अ-

काठमाडौँ । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उहाँ सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उहाँ आश्चर्यचकित बन्नुभयो ।

पहिलोपटक काठमाडौँ आउनुभएका उहाँलाई धरहराको माथि चढेर वरपर हेर्दा सपना देखेजस्तै लाग्यो । उहाँ भन्नुहुन्छ, “आहो, काठमाडाँै सहर त जम्मै देखिने रहेछ । यहाँका घर त कति गुजुमुज्ज हो, तिलको गेडा राख्ने ठाउँ पनि रहेनछ । नजिकैको टुँडिखेल देखाउँदै अलिकति यहाँनेर घर बनाउन बाँकी रहेछ ।” गाउँ फर्केपछि अरूलाई धरहराको बखान गर्ने उहाँले बताउनुभयो । धरहरा चढ्न बुबासँगै आउनुभएकी उहाँकी छोरी दीपकली सुनारको पनि धरहरा चढ्ने धोको पूरा भएको छ ।

विसं २०७२ को भूकम्पले धरहरा भत्काएसँगै दीपकलीलाई धरहरा चढ्ने इच्छा पनि त्यही भूकम्पले भत्काएको थियो । उहाँ भन्नुहुन्छ, “भूकम्पले धराहरा भत्काइहाल्यो भन्ने सुनेपछि अब त धराहरा चढ्ने इच्छा पनि पूरा भएन भन्ने लागेको थियो । यस्तो राम्रो नयाँ धरहरा बनिसकेछ । धन्न इच्छा चाहिँ पूरा भयो ।” उहाँले पनि धरहराको बारेमा सुन्नु र पढ्नुभएको रहेछ । धराहरा टेलिभिजनका समाचारबाट भिडियो देख्नुभएको रहेछ । कतै किताबमा मात्रै चित्र देख्नुभएको रहेछ । प्रत्यक्ष रुपमा धरहरा अवलोकन गरेर चढ्नै पाउँदा आज उहाँ धेरै हर्षित देखिनुहुन्थ्यो । उहाँ बुबाको घरहरा चढ्ने रहर पूरा भएकामा झनै खुसी हुनुहुन्छ ।

भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौँको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो ।

सोलुखुम्बुबाट पहिलोपटक धरहरा चढ्न आउनुभएकी सीतामाया तामाङलाई पनि भूकम्पपछि डठिएको धरहराले मनमोहक तुल्याएको छ । “म पनि पहिलोपटक नै सोलुबाट धरहरा चढ्न काठमाडौँ आएको हुँ । भूकम्पले अब धरहरा चढ्न पाइँदैन कि भन्ने लागेको थियो, यस्तो राम्रो बनेछ,” उहाँ भन्नुहुन्छ ।

दोलखा जिल्ला घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आउनुभएकी पार्वती केसी पनि धरहरा चढ्नकै लागि बिहान खाना खाएपछि सुन्धारा आउनुभएको थियो । “झन्डै तीन घण्टा लाइन बसेर बल्लबल्ल धरहरा चढ्नलाई टिकट पाएको छु । पैसै तिरेर पनि कति गाह्रो हो टिकट पाउन ?”, उहाँ भन्नुहुन्छ, “धरहरा भूकम्पले भत्काउनुअघि चाहिँ चढेको थिएँ । नयाँ बनेको धरहरा पनि कहिले चढ्न पाइएला भन्ने खुल्दुली थियो, आज पूरा भयो ।”

गोरखा घर भई स्वयम्भू बस्ने तीर्थबहादुर थापा पैसा तिरेरै भए पनि चढ्न पाउँदा खुसी हुनुहुन्छ । धरहरा चढ्नका लागि टिकट लिनेहरुको लाइनमा भेटिनुभएका उहाँ लामो लाइन देखेर चाहिँ आज पालो पो नपाउने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । आज पालो नपाइए अर्को दिन चाँडै आएर लाइन बसेरै धरहरा चडिछाड्ने उहाँले बताउनुभयो ।

धरहराबाट उपत्यका नियाल्ने चाहनाले आउनेहरु उहाँहरु मात्रै होइन, नयाँ बनेको धरहरा हेर्न उत्सुक हुनेहरुको सङ्ख्या बाक्लै थियो । कतिले अझै पनि धरहरा चढ्न निःशुल्क भइदिए हुन्थ्यो भन्ने चाहनुभएको पाइयो । धरहराको व्यवस्थापनका लागि पनि सधैँभर सबैलाई निःशुल्क धरहरा खुलाउन सम्भव नदेखिए पनि ज्येष्ठ नागरिक, अशक्त तथा निम्नवर्गका व्यक्तिहरुलाई भने निःशुल्क वा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव पनि भीडबाटै आएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले धरहराको व्यवस्थापनका लागि पनि निःशुल्क खुला गर्न सम्भव नहुने भएपछि आइतबारदेखि धरहराको शुल्क लिन सुरु गरिएको बताउनुभयो । “धरहराको व्यवस्थापन गर्नका लागि पनि केही शुल्क त लिनैपर्छ, विश्वका अन्य देशहरुमा पनि यस्ता ठाउँहरुको शुल्क लिने गरिन्छ,” उहाँले भन्नुभयो, “शुल्क लिए पनि धरहरा चढ्न आउनेको सङ्ख्या घटेको छैन ।”

विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश अर्यालले गत सोमबार मात्रै करिब एक हजारको हाराहारीमा सर्वसाधारण धरहरा चढ्न आएको बताउनुभएको छ । “शुल्क लिन थालेपछि टिकट काट्नुप¥यो, पहिलाको जस्तो सरासर पठाउन पाइएको त छैन तर सर्वसाधारणको सङ्ख्यामा कमी आएको छैन,” उहाँले भन्नुभयो, “हामीले नै व्यवस्थापन गर्न सक्यौँ भने अझै बढाउन सकिन्छ ।”

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पले ११ तले धरहरा भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएको इतिहास छ । २०७२ सालको भूकम्पले धराहरा पूर्ण रुपमा भत्काएको थियो भने अहिले झन्डै नौ वर्षपछि सञ्चालनमा आएको छ ।

धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट

सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुईपाङ्ग्रेलाई रु १० तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।रासस