५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन



अ+ अ-

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्त:शुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ हुनुहुन्छ ।

समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिका सभापति खानले भन्नुभयो, “सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको थियो । नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्र्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर सङ्घीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुन: सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस