१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत: काँग्रेस

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत: काँग्रेस
file photo
अ अ+ अ-

काठमाडौँ । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता एवं नि:वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपन गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरुले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताउनु भयो । प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अपm्ठयारोमा पर्ने निश्चित रहेको जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो । र हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं । र आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ । र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अपm्ठयारोमा पर्ने निश्चित छ । ’

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाउनु भयो ।