२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ



अ+ अ-

जनकपुर । दाइजोमा सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

सुनको सिक्री नपाउँदा मण्डपमा नै विवाह अस्वीकार गरेका बारा कलैया उपमहानगरपालिका–४ घर भएका बेहुला उमेश साहसहित आठजना पक्राउ परका हुन् ।

सोमबार राति  वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग बरमाला विधि भइसकेपछि साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए ।

बेहुली पक्षले बिहे अघि नै बेहुलालाई नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप, एक एक थान सुनको औठी र हनुमानको माला दाइजोमा दिइसकेको बताईएको छ ।

पक्राउ परेका बेहुलासहितलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।