८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताउनुभएको हो । उहाँले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ति सबै संकट समाधानकालागि नयाँ सहयात्रा आरम्भ भएको बताउनु भयो । उहाँले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो देश यतिबेला आर्थिक रुपमा संकटबाट गुज्रिरहेको छ । राष्ट्रियताको हिसावले पनि संकटबाट गुज्रिरहेको छ । मुख्यत: राजनीतिक हिसावले पनि संकटबाट गुज्रिरहेको छ । सायद यो कुरालाई आत्मसात गरेर एउटा नयाँ कोर्ष, नयाँ यात्राको थालनी भएको छ । यो राजनीतिक रुपमा शुरु भएको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ । हामीले लामो समयदेखि नेपालको अर्थतन्त्रको एउटा लय, बाटो र दिशा समात्यौँ । त्यो दिशालाई बदलेर उत्पादनमा वृद्धि र रोजगारी सृष्टिको दिशा बनाएर अगाडी जाँदा नै यो देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्छौँ ।’

उहाँले देशको राष्ट्रियतालाई बलियो बनाउनको निम्ति राजनीतिक दलहरु पनि बलियो हुनुपर्ने बताउनु भयो ।