५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गर्छौं: विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताउनु भयो । उहाँले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरु मिलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिको काम धेरै भाषण गर्ने, चिप्ला कुरा गर्ने काम हाम्रो होइन । सकिन्छ भने काम गर्नु राम्रो र नसके गफ गर्नु राम्रो हुँदैन । मैले विनोद कुवँरजीलाई सोधेँ । केके चाहिएको छ, अघि बढ्नका निम्ति । उहाँले एउटा क्वालिटीको ट्रान्सफर्मर चाहियो भन्नुभयो । मैले त्यसको जिम्मा लिन चाहन्छु । सरकारका तर्फबाट लगानी गर्न मैले अग्रसरता लिनेछु र त्यो ट्रान्सफर्मरको प्रवन्ध गर्न ध्यान दिनेछौँ । रोड एक्सिस राम्रो हुनुपर्छ भन्ने उहाँको माग छ । यहाँबाट सहजै हाइवेमा दर्शक र खेलाडी जानुपर्छ भन्ने छ । फराकिलो बाटोको सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्युहरुसँग छलफल गरेर र सहकार्य गरी खेलमैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौँ ।’

गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला आठ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो । ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुभएको हो ।




भर्खरै