२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन: उम्मेदवार दाहाल



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताउनुभएको हो । उहाँले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्‍याउन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताउनुभयो । दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कतिपय अपूरा कामहरु छन्, त्यसलाई पूरा गर्ने कुरा । विशेषगरी अहिले तत्काललाई केही विधेयकहरु पास गर्नु छ । कानूनहरु बनाउनु छ । त्यस विषयमा गम्भिरताका साथ छलफल पनि भइराखेकै छ । पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ । राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढंगको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्: जे उल्लेख गरिएको छ । जुन मान्यताका साथ राख्न कोशिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भन्ने मलाई लागिराखेको छ । तस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ ।’

‘त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुनसक्छन् । त्यसमा सबै राजनीतिक दलहरुसँग मिलेरै एकतावद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ । म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो । म कुनै पार्टीबाट आएको होइन, कानूनी रुपमा त्यो छ । यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसेँ । पार्टीको बिचमा म बसेको छैन नि । त्यसकारण मलाई अभ्यास भइराखेको छ । पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित हुँदा । पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरु, हाम्रा काम कारबाहीहरु र हाम्रा व्यवहारहरु हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ । कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रुपमा तयार छु । त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।