२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केराको बोटमा रोग लागेपछि किसान चिन्तित



file photo
अ+ अ-

गाइघाट । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ ।

त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ । केराका बोट पहेंँलीएर कुहिन थालेका छन् । बोट नै मर्न थालेपछि आफुहरु चिन्तित बनेको छामलिङका कृषक अमेन्द्र राईले बताउनुभयो । दुई दशकदेखि केरा खेती गर्दै आए पनि पछिल्लो समय रोगका कारण घाटा बेहोर्नुपरेको उहाँ बताउनुहुन्छ ।

त्रियुगा–१४ साउनेका कृषक दानबहादुर मगरले तीन वर्षदेखि केराको बोट रोगका कारण फष्टाउन छाडेको बताउनुभयो । साउने हुबासकै कृषक देविदत्त तिमसिनाले तीन वर्ष अघिसम्म वार्षिक रु एक लाखभन्दा बढीको केरा बिक्री गर्ने गरिएको भए पनि पछिल्लो दुई वर्षमा रु ५० हजार मात्र आम्दानी भएको बताउनुभयो ।

अधिकाँश केराका बोट पहेंँलो हुने र फेद कुहिने अनी मर्ने गरेको कारण पसाएका केरासमेत मरेको छामलिङका कृषक हर्क राईले बताउनुभयो । यस क्षेत्रका अधिकाँश किसान लामो समयदेखि व्यावसायीकरुपमा केरा खेती गर्दैआएका छन् । विभिन्न विषादी तथा औषधी प्रयोग गरेपनि रोग लाग्न नछाडेको किसान बताउँछन् । कतिपय किसानले पुराना बिरुवा मासेर नयाँ लगाउन थालेका छन् । यहाँ झप्री, मर्चे, धुसुरे, मुङ्ग्रेलगायत जातका केरा उत्पादन गरिँदै आएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिका, कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा गरेर झण्डै सात सय ७६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । रासस