२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने कल्पना गर्दैनन्: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताउनुभएको छ ।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताउनु भयो । उहाँले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने पनि बताउनु भयो ।

उहाँले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको बताउनु भयो । उहाँले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताउनु भयो । उहाँले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । एउटा कुरा मलाई खुशी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ ।’

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाउनु भयो ।