१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

जनताको सेवा गर्नलाई वरियताले फरक पर्दैन: उपप्रधानमन्त्री यादव

जनताको सेवा गर्नलाई वरियताले फरक पर्दैन: उपप्रधानमन्त्री यादव
file photo
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उहाँले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताउनु भयो । उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो । उहाँले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आवश्यक सर्जरीका लागि, बिरामीहरुको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ । समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरु गर्ने नै हो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ । अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ । नेपालको स्वास्थ्यमन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो । स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पुर्‍याउने नै अहिलेको ठूलो चुनौति रहेको छ । अन्य प्राविधिक कार्यहरु त्यसकै लागि हो । जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’

उहाँले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो ।