६ आश्विन २०८१, आईतवार
,
Latest
डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छः अध्यक्ष ढकाल



file
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताउनु भयो । उहाँले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आग्रह गर्दछौँ, कम सेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेण्डामा यहाँहरु एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ, अरु चिजहरु, देश रह्यो भने, व्यवसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने मलाई लाग्छ त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला । चैत्र २८ गते हाम्रो साधारण सभा आउँदैछ, हामीले के भनेका छाँै भने सबै राजनीतिक दलका अध्यक्षज्युहरु, पूर्वप्रधानमन्त्रीज्युहरु र खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेका छौँ ।

जहाँ हाम्रा आर्थिक एजेण्डाहरुलाई सबै राजनीतिक दलले ऐक्यवद्धताको रुपमा वास्तवमा त्यो प्रतिवद्धतालाई सबैको सहमति होस् भन्ने चाहना छ । अहिले लगानी सम्मेलन आइरहेको छ । हामीले धेरै पहिलादेखि भन्दै गरेको यो बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट पहिला जुन बिपा भनेर अघि बढाइएको थियो, अहिले क्याबिनेटमा गएर कमिटीमा गएको कुरा छ । यो जतिसक्दो छिटो पास गरेर अघि बढाइयोस् ।’

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताउनु भयो ।