२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीप्रति कठोर कांग्रेस, परिणाम कस्तो हुनसक्छ ?



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै नचाहँदा नचाहँदै प्रतिपक्षको बेञ्चमा पुगेको नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोसित भएको छ । आफू सत्तामा हुँदा दाहालको गुणगान गाउने कांग्रेसका नेताहरु अहिले सत्तोसराप गरिरहेका छन् । गठबन्धन तोडेर आफ्नो दल मात्र नभई नेपाली जनतालाई राजनीतिक धोका दिएको आरोप कांग्रेसले लगाएको छ ।

प्रधानमन्त्री दाहालले बिहीबार संसद्मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गठबन्धन तोड्नुपर्नाको स्पष्ट पारेका छन् । उनले कांग्रेसले सत्ता सञ्चालनमा सहयोग नगरेको मात्र नभई आफूलाई अबमूल्यन गरेको र हेपेको आरोप लगाएका थिए । पूर्वसहमति कार्यान्वयन नगरेको, राजनीतिक रुपमा धोकाधडी अपनाएको मात्र भनेनन्, राष्ट्रिय सभामा अन्तर्घात गरेको, महासमिति बैठकमा बिना सन्दर्भ गठबन्धनको निन्दा गरेको र १० वर्षे सशस्त्र युद्धको दानवीकरण गरेको आरोपसमेत लगाए ।

प्रधानमन्त्री दाहाल कांग्रेससँग जति रुष्ट देखिएका छन्, त्यो भन्दा बढी कांग्रेस देखिएको छ । सत्तामा पुगेको एक वर्ष पुग्दानपुग्दै फेरि प्रतिपक्षीको बञ्चमा पुगेको कांग्रेसले प्रधानमन्त्रीका आगामी दिन सहज नहुने चेतावनीयुक्त सन्देश दिएको छ । प्रधानमन्त्रीले परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षामा कांग्रेसका मन्त्रीले सहयोग नगरेको आरोप लगाएपछि कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई राजनीतिक बेइमानको संज्ञा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्को रोस्ट्रमै उभिएर संविधान, संघीय लोकतन्त्रको रक्षा र राजनीतिलाई स्थिरता दिन गठबन्धन गरेको र त्यसअनुसार नै जनतामा गएको भन्दै उनले अहिले त्यही गठबन्धनका प्रधानमन्त्रीले नयाँ गठबन्धन बदल्नु जनमतकै घोर अपमान भएको भएका हुन् । उनले प्रधानमन्त्रीलाई ‘इमान नभएकाले बेइमान’समेत भन्न भ्याए ।

सुशासन, विकास, सामाजिक न्यायका लागि भनि नयाँ गठबन्धन बनाइएको भन्दै प्रधानमन्त्रीले गरेको दाबीप्रति कांग्रेसले कडा टिप्पणी गरेको छ । दाहाल प्रधानमन्त्री भएको १४ महिना मात्र भएको छ । यो बीचमा सुशासन र विकासका काम नभएको भन्दै प्रधानमन्त्रीले नै स्वीकार गरिरहेका छन् । कांग्रेसले प्रधानमन्त्री १४ महिनासम्म के गरेर बसे त भनेर प्रश्न उठाएको छ । अब फेरि त्यही नारा लगाउने हो भने प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्ने तर्क कांग्रेसको छ ।

प्रधानमन्त्री र कांग्रेसबीचको रक्साकस्सी र घम्साघम्सीको असर आगामी दिनमा देखिन सक्छ । किनकी प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउने भनेका छन् । तर यो विधेयक टुंगो लगाउन सबैको सहमति आवश्यक पर्छ । कांग्रेसले भने बिहीबार नै प्रधानमन्त्रीलाई प्रश्न गरिसकेको छ– संक्रमणकालीन विधेयक रोक्ने को हो ? यसको अर्थ प्रधानमन्त्रीले नै विधेयक अघि बढाउन नचाहेको देखिन्छ । अब कांग्रेसले यही विषयमा निहुँ खोजेर विधेयक पारित गर्न प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न सक्छ ।

त्यसो त संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन पनि चाँडै बनाउनुपर्ने दायित्व सरकारको छ । गठबन्धन दलबीच भएको सहमतिमा बाँकी कानुन चाँडै बनाउने उल्लेख छ । कांग्रेसले १४ महिनासम्म संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाएर प्रधानमन्त्रीले के गरेर बसे त भनेर प्रश्न उठाएको छ । आगामी दिनमा पनि उसले कानुन बनाउने काममा प्रधानमन्त्रीलाई प्रत्यक ठाउँमा अप्ठ्यारो पार्न सक्छ ।

कांग्रेसले मिटरब्याज र सहकारीपीडितलाई न्याय दिन, विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन र सन्तुलित परराष्ट्र नीति अपनाउन सरकारलाई सचेत गराइसकेको छ । तर यी काम गर्न प्रधानमन्त्री दाहाललाई सहज छैन । त्यसैले यिनै विषय कांग्रेसले उठाइरहन सक्छ र दाहाललाई समस्यामा पारिरहन सक्छ ।

प्रधानमन्त्री दाहाल संसदको अंकगणितमा झिनो बहुमतमा छन् । विपक्षी कांग्रेस आक्रामक देखिएको छ । अर्को विपक्षी राप्रपा फरक राजनीतिक एजेन्डासहित आन्दोलनमा छ । सत्तासहयात्री पाँच दल पनि फरक विचार र सिद्धान्तका छन् । कानुन बनाउनेदेखि जनसरोकारका विषयमा सबै दलको फरक फरक स्वार्थ र प्राथमिकता छ । यी सबै दललाई मिलाएर लैजान प्रधानमन्त्री दाहाललाई थप चुनौती हुनसक्छ । त्यसमाथि संघीय सरकारमा भागबन्डा मिले पनि प्रदेशको बाँकी नै छ । अहिले नै प्रदेश सरकारहरुमा झगडा सुरु भइसकेको छ । कतै मुख्यमन्त्रीले मन्त्री बर्खास्त गरेका छन् त कतै गठबन्धन दलले कांग्रेसका मुख्यमन्त्री भएका ठाउँमा विश्वासको मत फिर्ता लिएका छन् । सबै प्रदेशमा गठबन्धनमा सहमति जुटाएर राजनीतिक स्थायित्व दिनुपर्ने दायित्व प्रधानमन्त्रीको छ ।




भर्खरै