१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा कांग्रेसको कटाक्ष: प्रधानमन्त्रीलाई हामीले राजनीतिक बेइमान भनेकै हो



प्रतिनिधि सभामा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक। तस्बिर: प्रदीप राज वन्त रासस
अ+ अ-

काठमाडौं।नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको छ । रोल…

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायको विधेयक काँग्रेसका कारण नरोकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली काँग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली काँग्रेसप्रति न्याय गर्नुभयो । विश्वास, इमान गर्नुभयो र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा काँग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त काँग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ? यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुई वटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन् । कसले रोक्यो काँग्रेसले ?’

प्रमुख सचेतक लेखकले काँग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिनुभयो । उहाँले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उहाँले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्तँ गठबन्धन फेरिने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाउनु भयो । उहाँले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको बताउनु भयो । उहाँले अरु सबै गलत म मात्रै ठिक भन्ने घमण्ड नदेखाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाई यता उतीको कुरा नगर्नुस् तर यो भन्नुस् की काफिला किन लुटियो । मलाई काफी लुटिएको गुनासो छैन तर तपाईको नेतृत्वमा प्रश्न हो । नहुने कुरा भइसक्यो, अब इदर उदरको वात गरेर उन्मुक्ति पाइन्छ ? यदी १४ महिनामा काम भएका थिएनन्, गठबन्धन तपाईले भनेको जस्ते फेर्नुपर्दथ्यो, भने जाँदा त सबै जानुपर्ने हो नि । अरु सबै बेठिक म सबै ठिक भन्दा जनताले विश्वास गर्दछन् । काँग्रेसले लोभ गरेको छ भन्ने होला, लोभ गरेको छैन, काँग्रेसलाई दिनुहुन्न थाहा छ, तर बगलमा भएको साथीलाई दिनुस् न त । तपाईले साँच्चै सक्नुभएन नि । सक्नु भएन भने तपाई पनि जानुपर्छ नि ।’

उहाँले पार्टीले आधिकारिक रुपमा निर्णय नै नगरेको विषयलाई लिएर राजनीतिक घटना गराउनु काँग्रेसको कमजोरी नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: प्रदीप राज वन्त रासस