१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल



अ+ अ-

काठमाडौँ । मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका १६ मन्त्रीको नियुक्ति र शपथ र कार्यभार नतोकिएका तीन मन्त्रीको कार्यभार तोकिएपछि बुधबार साँझदेखि नै विभिन्न मन्त्रालयमा कर्मचारी, सम्बन्धित पार्टी र मन्त्रीका समर्थक र सञ्चारकर्मीको भीड बढेको हो ।

सहरी विकासमन्त्रीबाहेक नवनियुक्त उपप्रधानमन्त्रीत्रय र मन्त्रीहरुले बुधबार राति नै आफ्ना मन्त्रालयमा पुगेर पदबहाली गरिसक्नुभएको छ । आज बिहान ९:३० बजेदेखि नै कतिपय मन्त्रीहरु कार्यकक्षमा पुगेर सचिवलगायत कर्मचारीबाट ब्रिफिङ लिन सुरु गरिसक्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन गरेपछि नयाँ मन्त्रीमण्डल बिस्तार भएको हो ।